कांग्रेस सहमहामन्त्री चौधरीलाई हराउँदै एमालेका अच्युत मैनाली निर्वाचित

लोकपथ
0
Shares

बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?