मोरङ–६ मा लालबाबुलाई पछि पार्दै कांग्रेसका शेखर कोइराला विजयी

लोकपथ
130
Shares

मोरङ । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विजयी भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?