कैलाली ५ (ख) बाट कांग्रेसका प्रकाश देउवा निर्वाचित

लोकपथ
182
Shares

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् ।

देउवाका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।

कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा ५ (ख) का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउदै कांग्रेसले देउवालाई प्रदेशसभामा टिकट दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?