बारा–३ बाट एमालेकी ज्वाला साह निर्वाचित

लोकपथ
312
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २० हजार २५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७ हजार २७९ मत पाए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३ हजार ५७९ मत पाएर चौथो भएका छन् ।

जनमत पार्टीकी राधिका देवी साहले ३ हजार ३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १ हजार ७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १ हजार ४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?