काठमाडौं । धनुषा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव सांसद चुनिएका छन् । एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसदमा निर्वाचित भएका हुन् । चुनावअवघि लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।
अन्नतः यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाउन सके । यादव १५७ मतान्तरले विजयी भए । यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६०५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९०१, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९०१ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया