मोरङ–४ मा माओवादीका अमनलाल मोदी विजयी

लोकपथ
182
Shares

मोरङ । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धीभन्दा ६ हजार बढी मतले मोदी विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार मोदीले ३० हजार ६ सय १२ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विनोदप्रसाद ढकालले २४ हजार ४ सय ६३ मत पाएका छन् । उनीहरूको मत अन्तर ६ हजार १ सय ४९ छ ।

दोस्रो संविधानसभामा समानुपातिक सदस्य रहेका मोदी २०७४ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । त्यति बेला उनी प्रत्यक्षतर्फका सबैभन्दा कम उमेरका सांसद थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?