पाँचथरमा ४७ मतान्तरले एमालेका वसन्तकुमार नेम्वाङ विजयी

लोकपथ
1.5k
Shares

पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङले आङदेम्बेलाई ४७ मत अन्तरले पराजित गरेका छन् ।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ सालमा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?