१७ मङ्सिर २०७९, शनिवार

यस्तो छ कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा

२०७९,मङ्सिर,९,शुक्रवार ०१:३९

225
Shares

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय रहेका छन् । राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उनले पटकपटक बन्दी जीवन बिताएका थिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गरे । कांग्रेसको सुर्खेत सभापति भएर २०४५ सालदेखि २०४९ सम्म उनले सङ्गठन बिस्तारको काम गरेका थिए । खड्का २०४८, २०५१ र २०५६ सालमा पनि सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिक सूचीमा समावेश भएका थिए । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा निर्वाचित खड्का २०७४ सालको आम निर्वाचनमा भने पराजित भएका थिए । यस क्रममा उनले राज्य व्यवस्था समितिको सभापति, युवा, खेलकुद तथा संस्कृतिमन्त्री, वाणिज्य मन्त्री, जनसङ्ख्या तथा वातावरणमन्त्री, सूचना तथा सञ्चार मन्त्री, उद्योग मन्त्री, गृह मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएर काम गरिसकेका छन् ।

विसं २०१२ फागुन १७ गते सुर्खेतको पाम्कामा बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सुपुत्रका रुपमा उनको जन्म भएको थियो । खड्काले अष्टे«लिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, हङकङ, भारत, जापान, केन्या, लक्जम्बर्ग, नेदरल्याण्ड, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत र अमेरिकाको भ्रमण गरेका छन् ।

खड्का कांग्रेसको गत वर्ष सम्पन्न महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित भएका हुन् । यसअघि उनले पार्टीको महामन्त्री र सहमहामन्त्री भएर काम गरिसकेका छन् । खड्का सुर्खेत क्षेत्र नं। १ बाट ४२ हजार छ सय सात मत प्राप्त गरी विजय भएका हुन् । उनले नेकपा एमालेका ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरे । शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार ०१:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५