पश्चिम नवलपरासी-१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

लोकपथ
325
Shares

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?