पोर्चुगलको विजयी शुरुवात

लोकपथ
182
Shares

काठमाडौं । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद शुरुवात गरेको हो ।

खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो ।

यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ ।

पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको शुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?