समानुपातिकतर्फ एमाले शीर्ष स्थानमा, अन्य दलको कस्तो छ अवस्था ?

लोकपथ
238
Shares

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा ७ लाख ८८ हजार मतका साथ एमाले शीर्ष स्थानमा छ भने कांग्रेसले निरन्तर पछ्याइरहेको छ । कांग्रेसलाई हालसम्म समानुपातिकमा ७ लाख ५७ हजार मत प्राप्त भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ लाख ७३ हजार, माओवादी केन्द्रलाई ३ लाख ५१ हजार र राप्रपालाई १ लाख ९९ हजार मत प्राप्त भएको छ ।

यसैगरी जमत पार्टीले ६२ हजार, नागरिक उन्मुक्ति पार्टीले ५९ हजार, नेमकिपाले ५३ हजार, नेकपा एकीकृत समाजवादी पार्टीले ५२ हजार, लोसपाले ४७ हजार मत पाएको छ ।

यसैबीच जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि एक लाख मत कटाएको छ । जसपाले १ लाख ५ हजार मत प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?