काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–२ (ख) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी भएका छन् । चौधरी १० हजार छ सय ६५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाण्डेले ६ हजार नौ सय १२ मत प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए ।
लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नन्दबहादुर साउँद (राजेन्द्र) ले ६ हजार पाँच सय ५९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकेन्द्रबहादुर मल्लले १ हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् । कूल २८ हजार पाँच सय १० मत खसेको प्रदेशसभामा एक हजार पाँच सय ३९ मत बदर भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया