काठमाडौं । कैलाली क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फको जारी मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ ३३ हजार ५३२ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरीले १० हजार २७२ मतसहित अग्रता कायम गरेका छन् ।
उनलाई सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भगतबहादुर बडुवालले पछ्याइरहेका छन् । बडुवालले ९ हजार ५६० मत ल्याएका छन् । यसैगरी, नेकपा (एमाले) का झपटबहादुर रावलले ९ हजार २६१ मतसहित तेस्रो स्थानमा छन् ।
राप्रपाका भरतसिंह बीसी (बुढाक्षेत्री) ले १ हजार ८५२ मत ल्याएका छन् भने मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर बुढामगरले १९० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा कुल ६० हजार ७३० मत खसेको थियो । गणना जारी रहँदा २ हजार १५४ मत बदर भएका छन् ।
त्यस्तै, प्रदेशसभा २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कमलबहादुर शाह जित नजिक पुगेका छन् । प्रदेशसभातर्फ २८ हजार १० मत गणना भइसक्दा कांग्रेसका शाहले ९ हजार ७६१ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले) की उम्मेदवार कमला कुमारी ओलीले ७ हजार ५०३ मत ल्याएर पछ्याइरहेकी छन् ।
तेस्रोमा नागरिक उन्मुक्ति पार्टीमा रतनबहादुर थापाले ७ हजार ३०३ मत ल्याएका छन् भने राप्रपाका प्रमोदसिंह राठौर ठकुरीले २ हजार २० मत प्राप्त गरेका छन् । यसक्षेत्रमा १ हजार ३८ मत बदर भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । जारी मतगणनामा नागरिक उन्मुक्तिमा रामेश्वर चौधरीले १० हजार ६६५ मतसहित जीत नजिक पुगेका छन् । नेकपा (एमाले) का डेजी पाण्डेले ६ हजार ९१२ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) ६ हजार ५५९ मतसहित तेस्रो छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एकेन्द्रबहादुर मल्लले १ हजार ८०६ मत ल्याएका छन् । प्रदेशसभामा कुल २८ हजार ७६४ मत खसेकोमा २८ हजार ५१० मत गणना भएको छ । यहाँ १ हजार ५३९ मत बदर भएको निर्वाचन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया