बैतडीमा एमालेका दामोदर भण्डारी निर्वाचित

लोकपथ
338
Shares

काठमाडौं । बैतडीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट दामोदर भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई १ हजार ५३२ मत अन्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

एमालेका भण्डारीले ३३ हजार ६११ मत ल्याएर विजयी भए भने माओवादीका कुँवरले ३२ हजार ८० मत ल्याएका हुन । सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएका कांग्रेसका केशवबहादुर चन्दले २ हजार ५०९ मत ल्याएका हुन् ।

प्रदेश सभा (क) बाट एमालेकै सुरेन्द्र पाल र प्रदेश सभा ख बाट कांग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?