कपिलबस्तु-१ मा एमालेका बलराम अधिकारी निर्वाचित

लोकपथ
715
Shares

काठमाडौं । कपिलबस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका बलराम अधिकारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी चक्रपानी खनाललाई पराजित गर्दै फराकिलो मत अन्तरका साथ एमालेका अधिकारी निर्वाचित भएका हुन् ।

एमालेका अधिकारीले ३४ हजार ६७५मत ल्याएर विजयी भए भने माओवादीका खनालले १८ हजार ९८३ मत ल्याएर पराजित भएका छन् ।

२०७४ सालको चुनावमा खनाल निर्वाचित भएका थिए भने अधिकारी २०७० सालको संविधान सभा चुनावमा चुनिएका थिए । जनमत पार्टीका नागेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत ल्याएर तेस्रो भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?