धादिङ-१ बाट एकीकृत समावादीका राजेन्द्र पाण्डे निर्वाचित

लोकपथ
897
Shares

काठमाडौं । नेकपा एकीकृत समावादीका नेता एवम् बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् ।

पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् ।यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?