डोल्पामा एकीकृत समाजवादीका धनबहादुर विजयी

लोकपथ
266
Shares

काठमाडौं । डोल्पामा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् ।

गठबन्धनको सहयोगमा उम्मेदवार बनेका बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् ।

बुढाले ११ हजार २२५ मत पाउँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?