सत्तारूढ र एमाले–जसपा गठबन्धन भत्काउँदै मोरङ–५ मा स्वतन्त्र उम्मेदवार मण्डल विजयी

लोकपथ
546
Shares

मोरङ । मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले जित हासिल गरेका छन् ।

मण्डलले सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

मण्डल २१ हजार ८ सय २० मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डललाई ४ हजार ३३४ मतान्तरले उनले पराजित गरेका हुन् । पराजित शिवकुमारले १७ हजार ४८६ मत ल्याएका छन् ।

मण्डललाई एमालेले टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?