१५ मङ्सिर २०७९, बिहीवार

ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

२०७९,मङ्सिर,८,बिहीवार २०:१०

72
Shares

ललितपर । ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा (एमाले) का रघुनाथ महर्जन विजयी भएका छन्।

महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले नौ हजार सात सय ६६ मत प्राप्त गर्नुभयो भने राजकाजीले नौ हजार ९० मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार विनोदकुमार खड्काले सात हजार पाँच सय ८७, विवेकशील साझाका समुद्र केसीले एक हजार छ सय ९२, नेमकिपाका अशोक महर्जनले एक हजार सात र जनता समाजवादीका ओमकृष्ण श्रेष्ठले तीन सय ७९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै राप्रपा नेपालका श्यामबहादुर महतले दुई सय ११, स्वतन्त्र उम्मेदवार सविता महर्जनले एक हजार एक सय ३९ र अजय अछामीले दुई सय ८८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४९ हजार ८१ मतदाता छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,८,बिहीवार २०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

ताजा समाचार

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७