रौतहट–३ बाट प्रभु साह निर्वाचित

लोकपथ
494
Shares

रौतहट । रौतहट क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह निर्वाचित भएका छन् ।

साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत ल्याएका छन् । यता उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए ।

त्यस्तै माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाएका छन् ।

साहको यो चौथोँ जित हो । साहले २०६४ सालदेखि यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?