कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका अमरेशकुमारले कांग्रेसकै नागेन्द्रलाई दिए धक्का !

लोकपथ
1.9k
Shares

सर्लाही । कांग्रेसले टिकट नदिएपछि सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंहले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सिंहले हालसम्म १६ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायले १५ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्रबाट उठेकी मधुकुमारी यादवले हालसम्म ११ हजार ७ सय ७८ मत प्राप्त गरेकी छिन् ।

स्थानीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोपमा कांग्रेसले उनलाई कारबाही गरेको थियो । पार्टीले टिकट नदिएपछि सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

अन्तिम परिणाम केहीबेरमा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?