१५ मङ्सिर २०७९, बिहीवार

समानुपातिकमा एमालेकै अग्रता, एकीकृत समाजवादीले अझै ल्याएन ५० हजार

२०७९,मङ्सिर,८,बिहीवार १८:३३

378
Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिकमा हालसम्म ६ लाख ७१ हजार १ सय ४६ मतसहित पहिलो स्थानमा रहेको छ ।

जारी मतगणना अनुसार नेपाली कांग्रेसले हालसम्म ६ लाख ३६ हजार ९ सय ८७ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख २९ हजार ९ सय ५० मत प्राप्त गरेको छ ।

हालसम्म नेकपा माओवादी केन्द्र चौथोँ स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले ३ लाख १० हजार ७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७९ हजार ७ सय २३, जनता समाजवादी पार्टीले ९० हजार ४ सय ६९, जनमत पार्टीले ५३ हजार ६ सय ७३ मत प्राप्त गरेको छ ।

यता नेपाल मजदुर किसान पार्टीले ५२ हजार ८९, नागरिक उन्मुक्ति पार्टीले ५० हजार ८ सय १ मत प्राप्त गरेको छ ।

त्यसैगरी एमालेबाट छुट्टिएर माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले हालसम्म ५० हजार मतसमेत कटाउन सकेको छैन ।
हालसम्म ४३ हजार ८ सय ३२ मत प्राप्त गरेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ३६ हजार ३ सय ७२, हाम्रो नेपाली पार्टीले २४ हजार ६ सय ४३, राष्ट्रिय जनमोर्चाले १७ हजार ९ सय ५९, मंगोल नेशनल अर्गनाइजेशनले १२ हजार १ सय ४५ मत प्राप्त गरेका छन् ।

हाल मतगणना जारी रहेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,८,बिहीवार १८:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

बाजुरा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका बाजुरामा अझै मतगणना शुरु हुन सकेको छैन । मंसिर ४ मै मतदान सम्पन्न

आजको अट्टाहस

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०