जसपा सप्तरीका इन्चार्ज यादवले दिए राजिनामा

लोकपथ
1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सप्तरी जिल्ला इन्चार्ज एवम् मधेश प्रदेश समितिका सदस्य कौशलैन्द्र यादवले आफ्नो पदबाट राजिनामा दिएका छन् । मधेश प्रदेश समितिका अध्यक्षलाई सम्बोधन गरी उनले आजै राजिनामा बुझाएका छन् ।

राजिनामा पत्रमा भनिएको छ, ‘मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा लज्जास्पद हार बेहोर्नु परेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारी मधेश प्रदेश सदस्य र सप्तरी जिल्लाको इन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएको छु ।’

सप्तरी २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नम्बर १ मा शैलेन्द्र साहलाई जनमत पार्टीले हराएको छ । त्यस्तै, सप्तरी ३ (ख) लगायत अन्य क्षेत्रमा पनि जसपाका थुप्रै नेता हारेका छन् । सप्तरीमा जसपाको ठूलो क्षति भएको भन्दै नैतिकताको आधारमा कौशलेन्द्रले राजिनामा दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?