सप्तरी–३ मा कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

लोकपथ
84
Shares

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् । यादवले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन् ।

यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका छन् । यादवले यसअघि लगातार तिन पटक सोही क्षेत्रबाट पराजय भोगेका थिए । उनी कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?