स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित

लोकपथ
196
Shares

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने भएको छ ।

जारी मतगणनामा स्वतन्त्र पार्टीले थे्रेसहोल्डका लागि आवश्यक मत प्राप्त गरेसँगै राष्ट्रिय पार्टी बन्ने भएको हो ।
कानुन अनुसार राष्ट्रिय पार्टी बन्नका लागि प्रत्येक्षमा १ सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत ल्याउनुपर्ने हुन्छ ।

हालसम्म स्वतन्त्र पार्टीले ३ लाख १८ हजार १ सय ९६ मत प्राप्त गरेको छ । मतगणना जारी रहँदा अझै बढ्न सक्ने संकेत देखिएको छ । जसअनुसार स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने देखिएको हो ।

गत भदौमा मात्रै दर्ता भएको पार्टीले देशका धेरै स्थानबाट उम्मेदवारी दिएको थियो । हालसम्म काठमाडौंबाट ४, ललितपुरबाट १, चितवनबाट २ सिट जित हासिल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?