बालेनले दिए काठमाडौंबाट निर्वाचित सांसदहरुलाई बधाई

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंबाट निर्वाचित सांसदहरुलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले उम्मेदवार बनेका सबैको कोशिसलाई सम्मान र निर्वाचितलाई बधाई दिएका हुन् ।

काठमाडौं महानगर देशकै राजधानी रहेको बताउँदै यहाँको विकासको लागि सबैका साथ चाहिने समेत बताएका छन् ।
उनले भनेका छन्, ‘ भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाण्डौं महानगरपालिका देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । काठमाण्डौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?