झापा-३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

लोकपथ
140
Shares

काठमाडौं । झापा क्षेत्र नं.३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याएर पराजित भए ।लिङ्देनलाई नेकपा एमालेको समर्थन थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए ।

लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?