दुई अर्थविद्लाई पछार्दै चितवन–१ बाट स्वतन्त्र पार्टीका ढकाल विजयी

लोकपथ
70
Shares

चितवन । चितवन क्षेत्र नंं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन् ।

बिहीबार दिउँसो आएको अन्तिम परिणाम अनुसार ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसको डा. विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

यसअघि सो क्षेत्रबाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

पाण्डे पूर्व अर्थमन्त्री एवं अर्थविद् समेत हुन् । भने कांग्रेसका पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?