धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

लोकपथ
70
Shares

धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका हुन् ।

राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) बाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा
(एकीकृत समाजवादी) का अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरेका छन् ।

प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी भएका छन् । पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१) मा चार र प्रदेश (२) मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए । कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?