विश्वकप आयोजना गर्न फिफालाई कहाँबाट आउँछ पैसा ?

२२ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता कतारमा जारी रहेको छ । करिब एक महिनासम्म चल्ने यो प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । कतारमा गर्मी धेरै हुने हुनाले फिफाले पहिलो पटक विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर–डिसेम्बर महिनामा खेलाएको हो । यसअघि विश्वकप जुन–जुलाईमा आयोजना हुने गर्दथ्यो ।

विश्वकप फुटबल प्रतियोगिता सर्वाधिक धेरै पुरस्कार राशि रहेको खेलकुद प्रतियोगिता मानिन्छ । यो प्रतियोगिता आयोजना गर्न फिफा र आयोजक राष्ट्रले ठुलो धनराशि खर्च गरिरहेका हुन्छन् । फिफा र आयोजक राष्ट्रले यस्ता प्रतियोगिता आयोजना गर्नका लागी खर्चको कसरी प्रबन्ध मिलाउँछन् होला कौतुहलता हर कोहीको मनमा उठ्ने सवाल हो ।

फिफा भनेको के हो ?

फिफा भनेको अन्तर्राष्ट्रिय फुटबलको महासङ्घ हो । २१ मे १९०४ मा फुटबल खेलका लागि भनेर फिफाको गठन भएको थियो । फिफाले अहिले फुटबल, फुटसल, बिच सकरको मुख्य अन्तर्राष्ट्रिय प्रशासकीय निकाय समेत हो । फिफाको उद्देश्य भनेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गर्ने र प्रवर्द्धन गर्नु हो । एक गैर नाफामुखी संस्थाको रूपमा फिफाले आफ्नो अधिकांश आम्दानी खेलको विकाशका लागि लगानी गर्ने गरेको छ ।

यी आम्दानीहरूको मुख्य श्रोत भनेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना र मार्केटिङबाट हुने आम्दानी नै हुने गरेको छ । सन् २०१८ को विश्वकपमा फिफाले विश्वव्यापी रूपमा ४.६ बिलियन डलर भन्दा बढीको आम्दानी गरेको थियो ।

फिफाले कसरी आम्दानी गर्छ ?

How to earn money by investing | How to earn money guide | Complete Guide  to Earn Money

फिफाको आम्दानीको मुख्य श्रोत भनेको विश्वकप फुटबल प्रतियोगिता हो । विश्वभरका टोलीहरूको सहभागितामा विश्वको सबैभन्दा ठुलो र सबैभन्दा लोकप्रिय खेल विश्वकप फुटबल प्रतियोगिता नै मानिन्छ । हरेक ४ वर्षमा आयोजना हुने भए पनि फिफाको आम्दानीको प्रमुख श्रोत बन्न यो पर्याप्त छ ।

फिफाले विभिन्न टुर्नामेन्टहरुबाट पनि आम्दानी गर्छ । फिफाले टेलिभिजन अधिकार, मार्केटिङ अधिकारबाट मनग्य आम्दानी गर्छ । पुरुष र महिला विश्वकपको आयोजना गर्ने फिफाले यी प्रतियोगिता बाट अर्बौँ डलर आम्दानी गर्छ भन्नेमा कुनै शङ्का छैन । विश्वकप फुटबल प्रतियोगिताले अर्बौँ दर्शकहरूलाई आकर्षित गरिरहेको कारण आयोजक राष्ट्रलाई यस्ता प्रतियोगिता सम्पन्न गर्न निकै दबाब परिरहेको हुन्छ । आफ्नो देशको व्यवस्थापन, लगानी, सुविधा र समृद्धिलाई एक महिनाको अवधिमा विश्वसामु देखाउन पाउने हुनाले पनि आयोजक राष्ट्रले यसलाई अहिलेसम्मकै भव्य प्रतियोगिता बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

पैसा कहाँबाट आउँछ ?

विश्वकपमा टिकट बिक्रीबाट मात्र आम्दानी हुँदैन । सन् २०१८ मा आयोजना भएको विश्वकप फुटबल प्रतियोगितामा फिफाले ४.६ बिलियन डलरमा टेलिभिजन प्रसारणको अधिकार बिक्री गरेको थियो । इएसपीएन र ट्वान्टी फक्ट सेन्चुरी टेलिभिजनले फिफा विश्वकप आ–आफ्नो टेलिभिजन अधिकार लिन बिडिङ गरेका थिए । जसअन्तर्गत ट्वान्टी फक्ट सेन्चुरी फक्सले २०२२ को विश्वकपको टेलिभिजन अधिकारलाई ४०० मिलियन डलरमा हात पार्‍यो ।

FIFA World Cup 2022 Revenue: FIFA Breaks All RECORDS, World Body Book $7.5  Billion In REVENUE From World CUP 2022: Follow LIVE

मार्केटिङ अधिकार : 

मार्केटिङ अधिकार बेच्नु फिफाका लागि राजस्व सङ्कलन गर्ने अर्को महत्त्वपूर्ण माध्यम हो । सन् २०१८ मा मात्रै नाफाको भएको ४.६ बिलियन मध्ये १.६६ मिलियन मार्केटिङ बाट आम्दानी भएको थियो ।

इजाजत पत्र अधिकार : 

विश्वकपको ४ वर्षे अवधिका लागि इजाजत पत्र अधिकार बिक्री गर्दा फिफालाई ६० करोड डलरभन्दा बढी आम्दानी भएको थियो । यी सबै आम्दानी इजाजत पत्र सम्झौता, रोयल्टी भुक्तानी र अन्य सामान्य स्रोतहरूको बिक्री पनि समावेश गरिएको थियो ।

हस्पिट्यालिटी र टिकट बिक्री

आतिथ्य र आवास अधिकार र टिकट बिक्री फिफाको राजस्व सङ्कलनको प्रमुख स्रोत हो । फिफाले २०१५ देखि २०१८ को अवधिमा आतिथ्यता अधिकार र टिकट बिक्रीबाट ७ सय १२ मिलियन डलरसम्मको आम्दानी भएको रिपोर्ट सार्वजनिक गरेको थियो । रुसमा आयोजना भएको विश्वकपमा एक करोड भन्दा बढी टिकट बिक्री भएको थियो ।

विश्वकप विजेता र सहभागी राष्ट्रले कति रकम पाउँछन् ?

कतार विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलियन अमेरिकन डलर बराबरको रहेको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौल रहेको छ । यद्यपि विश्वकप जसले जिते पनि विश्वकप विजेताले सक्कली ट्रफी लैजान भने पाउँदैनन् ।

विश्वकप विजेताले उपाधिसँगै ४२ मिलियन अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । विश्वकप विजेताले प्राप्त गर्ने रकम प्रत्येक वर्ष बढ्दै आइरहेको छ । चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले ३८ मिलियन डलर प्राप्त गरेको थियो । यस्तै २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकप विजेता जर्मनीले ३५ मिलियन डलर नगद पुरस्कार पाएका थिए ।

FIFA World Cup 2022 players' and participants' Prize Money | What's Goin On  Qatar

यस्तै कतार विश्वकपमा उपविजेता बन्ने राष्ट्रले ३० मिलियन डलर पाउनेछन् । तेस्रो हुने टिमले २७ मिलियन र चौथो हुने टिमले २५ मिलियन डलर पाउनेछन् । क्वाटर फाइनल पुग्ने टिमले १७ मिलियन डलर पाउनेछ । साथै, अन्तिम १६ मा पुग्ने टिमहरूले १३ मिलियन डलर पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन डलर पाउनेछन् । कतार विश्वकपको कूल पुरस्कार राशि ४ सय ४० मिलियन डलरको रहेको छ ।

विजेता : ४२ मिलियन डलर
उपविजेता : ३० मिलियन डलर
तेस्रो स्थान : २७ मिलियन डलर
चौथो स्थान : २५ मिलियन डलर
क्वाटरफाइनल : १७ मिलियन डलर
अन्तिम १६ : १३ मिलियन डलर
समूह चरण : ९ मिलियन डलर

विश्वभर सबै भन्दा बढी रुचाइएको कुनै प्रतियोगिता छ भने त्यो फिफा विश्वकप फुटबल प्रतियोगिता नै हो । संसारभरबाट लाखौँको सङ्ख्यामा मानिसहरू विश्वकप हेर्नकालागि आयोजक राष्ट्रमा जाने गरेका छन् । त्यस्तै विश्वभरमा रहेका लाखौँ फ्यानहरूले टेलिभिजनमार्फत फिफा विश्वकप हेर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?