चितवन । चितवन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ८ हजार ५ सय ५ को अग्रता कायम गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले लोकपथलाई दिएको जानकारी अनुसार हालसम्म ढकालले ३२ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका डा.सुरेन्द्र पाण्डेले २३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।
यता नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २२ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।
अझै १० वटा मतपेटिकाको गणना बाँकी रहेको छ ।
यसअघि सो क्षेत्रबाट नेकपा एमालेमा पाण्डे निर्वाचित भएका थिए । पाण्डे पूर्व अर्थमन्त्री हुन् । पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थविद् हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया