नुवाकोट–२ (क) बाट माओवादीका रामप्रसाद ढुंगाना विजयी

लोकपथ
77
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘क’ बाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

बिहीवार बिहान आएको अन्तिम परिणाम अनुसार ढुंगानाले १२ हजार १ सय १० मतसहित जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

यसरी ढुंगाना र पाण्डेबीच ४ सय ४९ मतको अन्तर देखिन्छ ।

यता नेपाली कांग्रेसकी गीता अमात्यले ४ हजार ६२ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी राप्रपाका दिपेश लामा निश्चलले २८८४ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?