काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिकको मतपरिणाममा नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ ।
जारी मतगणना अनुसार हालसम्म नेपाली कांग्रेसले ५ लाख २ हजार ३ सय २२ मत प्राप्त गर्दै दोस्रो स्थानमा पुगेको छ ।
यता नेकपा एमालेले ५ लाख ३७ हजार ७ सय ७७ मतसहित पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै २ लाख ७७ हजार ७ सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।
यता २ लाख ४७ हजार ७ सय ९३ मतसहित नेकपा माओवादी केन्द्र चौथोँ स्थानमा रहेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ४७ हजार ८ सय २ मत, जनता समाजवादी पार्टी नेपाललले ६२ हजार ९ सय ६३, नेपाल किसान मजदुर पार्टी ५१ हजार ३१, नागरिक उन्मुक्ति पार्टी ३७ हजार २ सय २१, जनमत पार्टी ३५ हजार ७ सय २०, एकीकृत समाजवादी ३५ हजार ९ मत प्राप्त गरेको छ ।
त्यस्तै हाम्रो नेपाली पार्टीले २१ हजार २ सय ३५, लोकतान्त्रिक समाजवादी १९ हजार ५ सय ३७, राष्ट्रिय जनमोर्चाले १३ हजार ५ सय ९७, मंगोल नेशनल अर्गनाइजेशनले १० हजार २ सय ५० र नेकपा मालेले ५ हजार ८ सय ६ मत प्राप्त गरेको छ ।
त्यस्ते राष्ट्रिय जनमुक्ति पार्टीले ५ हजार ५ सय ८२, नेपाल सुशासन पार्टीले ४५ सय, नेपाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३ हजार ७ सय ६३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया