भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाल किसान मजदुर पार्टीका प्रेम सुवाल सानदार मतसहित निर्वाचित भएका छन् ।
बिहीबार बिहान आएको अन्तिम परिणाम अनुसार सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् ।
मतगणनाको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत प्राप्त गरे ।
अन्य दलबाट उम्मेदवारी दिएका १३ उम्मेदवारले जम्मा २८ हजार ९४७ मत मात्रै पाए । १३ दल तथा स्वतन्त्र उम्मेदवारले भन्दा पनि सुवालले १३ हजार ८१४ मत बढी पाएको निर्वाचन आयोगले जनाएको छ ।
सो क्षेत्रलाई नेमकिपाको मुख्य गढ मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया