चितवन–२ मा ठूलो अग्रतामा रवी, जित निश्चित

लोकपथ
105
Shares

चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेको जित निश्चित भएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले लोकपथलाइृ दिएको जानकारी अनुसार हालसम्म ७९ हजार २ सय १५ मतको गणना भएको छ । जसमा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् ।

यता नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

यसरी लामिछानेसँग कांग्रेसका श्रेष्ठको ३१ हजार ५ सय २८ को मतान्तर रहेको छ । मतगणना अन्तिम चरणमा पुगेको कारण लामिछानेको जित निश्चित भएको हो ।

तेस्रो स्थानमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?