समानुपातिक मत परिणाम : एमाले अग्रतामा, कुन दलको कति मत ? (सूचीसहित)

लोकपथ
884
Shares

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । धेरै स्थानको प्रत्येक्षतर्फको अन्तिम परिणाम समेत आइसकेको छ ।

हालसम्म समानुपातिका नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो तथ्यांक अनुसार हालसम्म एमालेले समानुपातिकमा ४ लाख ९८ हजार, ४ सय २ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेस ४ लाख ६३ हजार ९ सय ४१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । यता तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । हालसम्म स्वतन्त्र पार्टीले २ लाख ५७ हजार ६ सय ३२ मत प्राप्त गरेको छ । भने माओवादी केन्द्र २ लाख २५ हजार ८ सय ३९ मत प्राप्त गर्दै चौथोँ स्थानमा रहेको छ । त्यसो त १ लाख ३५ हजार २ सय ४२ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ स्थानमा रहेको छ । भने छैठौँमा जनता समाजवादी पार्टी रहेको छ । जसपाले हालसम्म ५७ हजार १ सय १६ मत ल्याएको छ ।

यता माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३१ हजार ८ सय २४ मत प्राप्त गरेको छ । भने अन्यमा १ लाख ९ हजार ८ सय ४१ मत प्राप्त भएको आयोगले जनाएको छ ।

त्यस्तै नेपाल किसान मजदुर पार्टीले ४७ हजार १ सय ३३, जनमत पार्टीले ३२ हजार १ सय ६२, नागरिक उन्मुक्ति पार्टीले ३२ हजार ७ सय ३ मत प्राप्त गरेको छ ।

हाल मगतणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?