काठमाडौं । ललितपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएकी छन् । यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया