कस्तो रहला आजको मौसम ?

लोकपथ
91
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार बिहान पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?