मकवानपुर–२ बाट एमालेका महेश बर्तौला निर्वाचित

लोकपथ
0
Shares

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित भएका छन् । एमालेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले ३० हजार ३९६ मत ल्याएर पराजित भएका हुन् ।

उनीसँग बर्तौलाले ४ हजार ५२० मतान्तरले चुनाव जितेका हुन् । कुल ८६ हजार ३०१ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?