दैलेख–२ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी

लोकपथ
117
Shares

दैलेख । दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाही विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार गठबन्धनतर्फबाट उम्मेदवार बनेका शाहीले १५३ मतान्तरसहित विजयी भएका हुन् । उनले २० हजार १५८ मत प्राप्त गरेका छन् ।

शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए । पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?