कास्की–२ बाट एमालेकी विद्या भट्टराई विजयी

लोकपथ
286
Shares

कास्की । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराई १६ हजार ९ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका निकतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।

भट्टराईले ४ हजार ५सय ३ मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् । यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार ९ सय २० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?