बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया