माओवादीका देव गुरुङलाई पराजित गर्दै एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित

लोकपथ
0
Shares

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
गुरुङले ३४ हजार ९६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार गुरुङलाई ३ हजार १८८ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो । कूल खसेकोमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?