भक्तपुर–२ मा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा विजयी

लोकपथ
130
Shares

काठमाडौं । भक्तपुर क्षेत्र नं.–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । उनले नेकपा (एमाले) का महेश बस्नेतलाई ९ सय ५९ को मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा मतगणना सक्दा दुई हजार ५३ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?