सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

लोकपथ
156
Shares

सल्यान । सल्यान क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार ज्वालाले ३५ हजार ७ सय मत प्राप्त गरी विजयी भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् । १ लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा ८४ हजार २२ मत खसेको थियो । ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?