डोटीबाट एकीकृत समाजवादीका प्रेम आले विजयी

लोकपथ
13
Shares

डोटी । डोटीबाट प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन् । उनी नेकपा (एमाले) की गौरीकुमारी ओलीसँगको प्रतिस्पर्धामा ४ हजार २०६ मतान्तरले विजयी भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका आलेले २७ हजार २१० मत प्राप्त गरेका छन् । नेकपा (एमाले) ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?