दैलेख १ (ख) मा कांग्रेसका कृष्णकुमार बिसी निर्वाचित

लोकपथ
130
Shares

दैलेख । दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका कृष्णकुमार बिसी निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनको सहयोगमा बिसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन् ।​

बिसीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम थापाले ९ हजार ४६८ मत लिएका छन् ।​ बिसी नेपाली कांग्रेस पार्टीमा रहेर जिल्लामा प्रभावशाली नेताका रूपमा स्थापित भएका छन् । उनी पूर्व जिल्ला सभापति हुन् । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका बिसी यसपटक १ हजार ७६ मतान्तरले विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?