धनुषा–३ को प्रदेशसभा (१) मा कांग्रेसका यादव विजयी

लोकपथ
65
Shares

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर– ३ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव विजयी भएका छन् । यादवले १७ हजार २९ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?