दैलेख–१ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा निर्वाचित

लोकपथ
260
Shares

दैलेख । दैलेख निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा विजयी भएका छन् । सत्तारूढ गठबन्धन तर्फबाट उम्मेदवार बनेका थापा नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्ष समेत हुन् । थापा १८ हजार २५६ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रविन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन् । थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीकुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?