पूर्वीनवलपरासी–१ (१) मा कांग्रेसका जिसी विजयी

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेस पूर्वीनवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले १५ हजार एक सय ३४ मत ल्याएर विजयी छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रविन्द्र अधिकारीले १३ हजार नौ सय ८७ मत प्राप्त गरे । पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (१) मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ४१ हजार सात सय ४२ रहेको थियो ।

यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ र २ तथा प्रदेशसभा १ को २ मा गणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?